भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

इजरायलले लेबनानमा आक्रमण गर्‍यो

इजरायलले लेबनानमा आक्रमण गर्‍यो

एजेन्सी । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण गरेको छ । इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छन् ।

उत्तरी इजरायलमा भएको घातक रकेट आक्रमणको जवाफमा हिजबुल्लाहको पूर्वाधारमा आक्रमण गरेको इजरायलले जनाएको छ । गाजामा इजरायल र प्यालेस्टिनी समूह हमासबीच अक्टोबरमा युद्ध शुरु भएदेखि हिज्बुल्लाह लडाकुले पनि इजरायलको सीमा क्षेत्रमा इजरायली सेनामाथि आक्रमण गर्दै आएको खबरमा उल्लेख छ ।

हिजबुल्लाहको रकेट फायरले इजरायलमा एक सैनिकको ज्यान गएपछि इजरायल हिजबुल्लाहप्रति आक्रामक बन्दै गएको बीबीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.