भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

चाँगुनारायण नगरपालिकाको आठौ स्थापना दिवस भब्यताकासाथ सम्पन्न, ‘समृद्ध नगर’ निर्माणमा जनप्रतिनिधिको ध्यान केन्द्रीत

चाँगुनारायण नगरपालिकाको आठौ स्थापना दिवस भब्यताकासाथ सम्पन्न, ‘समृद्ध नगर’ निर्माणमा जनप्रतिनिधिको ध्यान केन्द्रीत

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आठौं स्थापना दिवस भव्यताकासाथ मनाएको छ । आइतबार एक कार्यक्रम गरि आठौ स्थापना, बालमैत्री स्थानीय तह घोषणाको दोस्रो बार्षिकोत्सव तथा ११४ औं अन्तराष्ट्रिय महिला दिवस भब्य रुपमा मनाएको हो । कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा रहेको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुलर्भ थापाले उद्घाटन गर्दै नगरपालिकाको विकास निर्माणमा भइरहेको प्रगतिको खुलेरै प्रसंसा गरे । आगामी दिनमा उत्कृष्ठ नगर बन्ने गरि अगाडि बढ्न शुभकामना दिए । समृद्ध चाँगुनारायण निर्माणमा सबैको साथ र सहयोगको खाँचो रहेको भन्दै चुनावका बेला दलको भएपनि निर्वाचित भएपछि जनताको प्रतिनिधि भएको बताए ।

कार्यक्रममा प्रदेश सांसद सुरेश श्रेष्ठले स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरेर चाँगुनारायणको विकासमा हातेमालो गर्दै अगाडि बढिरहेको धारणा राखे । नगर प्रमुख जीवन खत्रीले आफु निर्वाचीत भएर आएपछि कसैलाई काखा र कसैलाई पाखा नगरेको बताए । विकास निर्माणमा सवैलाई समान व्यवहार गरेकै कारण चाँगुनारायणबासीको सपना साकार हुन गइरहेको बताए । नगरपालिका घोषणा भएपश्चात चाँगुनारायणलाई राम्रो र समृद्ध बनाउँनका सबै एकजुट भएर लाग्नु पर्ने बताए ।

नगरपालिकाले आफ्नो स्रोत र साधनलाई भरमग्दुर उपयोग गर्दै प्राथमिकताका आधारमा विकास निर्माण कार्यलाई अगाडि बढाइरहेको स्पष्ट पारे । कार्यक्रममा नेपाली कांग्रेस चाँगुनारायण नगर सभापति शिवहरि केसी, नेकपा एमाले चाँगुनारायण नगर कमिटी उपाध्यक्ष जयराम बाँस्तोलालगायत विभिन्न राजनीतिका प्रतिनिधिहरुले नगरपालिकाको स्थापना दिवसको शुभकामना दिएका थिए । त्यस्तै प्रमुख प्रसाशकीय अधिकृत चुरामणी पन्थी नगरको विकासमा सबैको हातेमालोले अगाडि बढेको बताए ।

वडा नं २ का वडाध्यक्ष सोम प्रधानको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख नीला घिमिरेले नगरपालिकाको प्रगति प्रतीवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत भएका थिए भने “बालमैत्री अधिकार र स्थानीय बालमैत्री शासन” सम्बन्धी वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो । प्रशासन अधिकृत सुरज पौडेलले सञ्चालन गरेको कार्यक्रममा वडाध्यक्षहरु, नगर कार्यापालिकाका सदस्यहरु, कर्मचारीहरु र पत्रकारको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.