भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

चाँगुनारायणका मेयर जीवन खत्री नेपाल नगरपालिका संघको संस्कृति तथा पर्यटन विभाग संयोजकमा मनोनीत

चाँगुनारायणका मेयर जीवन खत्री नेपाल नगरपालिका संघको संस्कृति तथा पर्यटन विभाग संयोजकमा मनोनीत

भक्तपुर । नेपाल नगरपालिका संघको संस्कृति तथा पर्यटन विभाग संयोजकमा चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्री मनोनित भएका छन् । राजधानीमा भएको संघ केन्दीय समिती बैठकले मेयर खत्रीलाई संयोजकमा मनोनित गरेको हो ।

संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले मनोनीत खत्रीलाई प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, वन वातावरण तथा ब्यवस्थापन विभागको सदस्यमा चाँगुनारायण नगरपालिका वडा नंं १ का वडाध्यक्ष सिजन कार्की मनोनीत भएका छन् । सामाजिक सुरक्षा र समावेशीकरण विभागको सदस्यमा कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ७ का वडाध्यक्ष भिमसेन थापा मनोनीत भएका छन् ।

सोमबार सम्पन्न बैठकमा ७ वटै प्रदेशका जनप्रतिनिधिहरु सहभागि बैठकले पालिकामा देखिएका समस्या बारे छलफल गरेका थिए । सात वटै प्रदेशबाट १४ वटा बिभाग गठन गरिएको छ । विभागमा बिभिन्न प्रदेश, जिल्ला, नगर प्रमुख, नगर उपप्रमुख र वडा अध्यक्षहरु विभागीय समितिमा चयन भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.