भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नासाको आर्टेमिस–२ रकेट प्रक्षेपण स्थलमा, ५० वर्षपछि चालक दलसहित चन्द्रमा जाने तयारी

नासाको आर्टेमिस–२ रकेट प्रक्षेपण स्थलमा, ५० वर्षपछि चालक दलसहित चन्द्रमा जाने तयारी

एजेन्सी । ५० वर्षपछि पहिलोपटक चालक दलसहित चन्द्रमा जाने अभियानको तयारी तीव्र पार्दै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो मेगा रकेट प्रक्षेपण स्थलमा पुर्‍याएको छ। ९८ मिटर अग्लो स्पेस लन्च सिस्टम (SLS) रकेटलाई फ्लोरिडाको केप क्यानाभेरलस्थित केनेडी अन्तरिक्ष केन्द्रबाट साढे ६ किलोमिटरको यात्रा गराएर प्रक्षेपण स्थल पुर्‍याइएको नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

रकेटलाई विशेष यन्त्रमार्फत ठाडो अवस्थामा राखेर सारिएको हो। अब अन्तिम परीक्षण र तयारी सम्पन्न भएपछि १० दिने आर्टेमिस–२ अभियानका लागि चार जना अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गर्न जानेछन्। नासाले फेब्रुअरी ६ तारिखपछि रकेट प्रक्षेपण हुने जनाएको छ।

यो सन् १९७२ को डिसेम्बरमा अपोलो १७ ले चन्द्रमाको सतहमा अवतरण गरेपछिको पहिलो चालक दलसहितको चन्द्रमा अभियान हो। आर्टेमिस–२ ले चन्द्रमामा अवतरण गर्ने छैन तर भविष्यमा आर्टेमिस–३ अभियानमार्फत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरणका लागि आधार तयार गर्नेछ। नासाले आर्टेमिस–३ को प्रक्षेपण सन् २०२८ मा हुन सक्ने विश्वास गरेको छ।

 


Thali Mobile Pvt.Ltd.