भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

चितवनका तरकारी किसान दंगः खेतबाटै बिक्री हुँदै सिमी र गोलभेँडा, उत्पादन दुबईसम्म पुग्न थाल्यो

चितवनका तरकारी किसान दंगः खेतबाटै बिक्री हुँदै सिमी र गोलभेँडा, उत्पादन दुबईसम्म पुग्न थाल्यो

चितवन, १४ पुष । चितवनका किसानहरू यतिबेला आफ्नो उत्पादनले बजारमा उचित मूल्य पाएपछि निकै उत्साहित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष तरकारीको भाउ राम्रो भएपछि पूर्वी चितवनदेखि पश्चिम चितवनसम्मका किसानको अनुहारमा खुसी छाएको हो। असोजमा परेको अत्यधिक वर्षाका कारण उत्पादनमा केही कमी आए पनि माग बढ्दा किसानले खेतबाटै राम्रो आम्दानी गरिरहेका छन्।

पूर्वी चितवन राप्ती नगरपालिका–१ का किसान प्रेमबहादुर खुलालले यसपटक तरकारीको बजार मूल्य सोचेभन्दा राम्रो रहेको बताए। तीन बिघामा व्यावसायिक खेती गरिरहेका उनले घीउ सिमी प्रतिकिलो १२० देखि १३० रुपैयाँ र गोलभेँडा प्रति क्रेट १६ सयदेखि २६ सय रुपैयाँसम्ममा खेतबाटै बिक्री गरिरहेका छन्। तरकारीलाई ग्रेडिङ गरेर बजार पठाउन सके अझ राम्रो मूल्य पाइने उनको अनुभव छ।

त्यस्तै, भरतपुर–२१ का शिवराज बरालले पनि सात वर्षदेखिको व्यावसायिक खेतीमा अहिले जस्तो मूल्य कहिल्यै नपाएको बताए। उनले लगाएको लौका, काँक्रो र गोलभेँडाले बजारमा राम्रो माग पाएपछि अहिले व्यापारी खोज्दै हिँड्नुपर्ने अवस्था अन्त्य भएको छ।

केरुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीका अनुसार पछिल्लो तीन महिनादेखि किसानले तरकारीको राम्रो भाउ पाइरहेका छन्। तर, बजारको अस्थिरताका कारण यो मूल्य कति समयसम्म टिकिरहन्छ भन्नेमा किसानहरू अझै सशङ्कित छन्। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले गुणस्तरीय उत्पादन गर्न सके बजार र मूल्यको समस्या नहुने बताए। जिल्लामा हाल करिब ७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भइरहेको छ।

चितवनको तरकारीको पहिचान अब स्वदेशी बजारमा मात्र सीमित छैन। यहाँको ताजा उत्पादन पछिल्लो समय दुबई जस्ता विदेशी सहरहरूमा समेत निर्यात हुन थालेको छ। कार्यालयले पनि किसानको माग र आवश्यकताका आधारमा लगानी र प्राविधिक सहयोग बढाउँदै लगेको छ। विदेशी बजारमा माग बढ्नु र स्थानीय बजारमा पनि राम्रो मूल्य पाइनुले चितवनका किसानलाई तरकारी खेतीमा भविष्य खोज्न थप ऊर्जा मिलेको छ। रासस

 


Thali Mobile Pvt.Ltd.