भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

जसपा नेपाल र लोसपाबीच पार्टी एकताको सहमति

जसपा नेपाल र लोसपाबीच पार्टी एकताको सहमति

काठमाडौँ, १४ पुष । मधेश केन्द्रित मुख्य दुई राजनीतिक शक्ति जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच पार्टी एकता गर्ने सहमति भएको छ ।

हिजो जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टी एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा दुवै पार्टीका पदाधिकारीहरूको बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्ने निष्कर्ष निकालेको उल्लेख छ ।

संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायत अग्रगामी परिवर्तनका मुद्दाहरूलाई अझ मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्न पार्टी एकीकरण आवश्यक ठहर गरिएको सहमति पत्रमा जनाइएको छ । पार्टी एकताले मधेश केन्द्रित राजनीति थप सशक्त हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.