भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

ईयूको खाद्य सुरक्षा निकायले पाउडर दूधमा विषाक्त तत्वको सीमा तोक्ने प्रस्ताव

ईयूको खाद्य सुरक्षा निकायले पाउडर दूधमा विषाक्त तत्वको सीमा तोक्ने प्रस्ताव

ब्रसेल्स । युरोपेली संघ (ईयू) को खाद्य सुरक्षा निकाय युरोपियन फुड सेफ्टी अथोरिटी (ईएफएसए) ले विभिन्न देशमा उत्पादन हुने पाउडर दूधमा पाइने विषाक्त तत्व नियन्त्रणका लागि नयाँ सीमा प्रस्ताव गरेको छ ।

ईएफएसएले शिशुका लागि प्रयोग हुने फर्मुला दूधमा प्रतिलिटर ०.०५४ माइक्रोग्राम सेरुलाइड तथा ६ महिनाभन्दा माथिका शिशुका लागि तयार गरिने दूधमा प्रतिलिटर ०.१ माइक्रोग्रामसम्मको सेरुलाइड मात्रा सुरक्षित स्तरभित्र रहने प्रस्ताव गरेको हो ।

यो नयाँ प्रस्तावपछि पाउडर दूधमा विषाक्तताको मापदण्ड एकरूप हुने वा त्यसलाई लिएर विवाद उत्पन्न हुने भन्ने विषयमा तत्काल स्पष्ट हुन नसकिने एएफपीले जनाएको छ । सेरुलाइडको जोखिमबारे आवाज उठेपछि नेस्ले, डानोन र ल्याक्टालिसजस्ता ठूला दुग्ध उत्पादक कम्पनीहरूले गएको डिसेम्बरदेखि फ्रान्ससहित ६० भन्दा बढी देशमा पहिलो ६ महिनाका शिशुका लागि तयार पारिएका र बजारमा पठाइएका केही उत्पादन फिर्ता बोलाएका थिए ।

युरोपेली आयोगले शिशुका लागि बनाइने खाद्य उत्पादनमा सेरुलाइडको सुरक्षित मात्रा निर्धारण गर्ने जिम्मेवारी ईएफएसएलाई दिएको थियो । सोही जिम्मेवारीअनुसार नयाँ वैज्ञानिक मूल्याङ्कनका आधारमा यो प्रस्ताव सार्वजनिक गरिएको ईएफएसएले जनाएको छ । विशेषज्ञहरूका अनुसार सेरुलाइड उच्च मात्रामा सेवन हुँदा शिशुहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले स्पष्ट र कडा मापदण्ड आवश्यक रहेको बताइँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.