भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

कक्षा १२ को परीक्षा आजदेखि सुरु, डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी

काठमाण्डौ, १४ बैशाख । आजदेखि देशभर कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्ड ले जनाएको छ ।

बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ जना र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी रहेका छन् ।

२०७९ साल यताका विद्यार्थीहरू आंशिक परीक्षामा समेटिएका छन् भने एभरेस्ट स्कुल जापान बाट समेत ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यस वर्ष परीक्षार्थी संख्या घटेसँगै परीक्षा केन्द्रको संख्या पनि घटाइएको छ । देशभर १ हजार ४ सय २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । गएको वर्ष ५ लाख ११ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा केन्द्रभित्र मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण लैजान निषेध गरिएको छ । यो परीक्षा आउँदो २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा सम्पन्न भएको डेढ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको बोर्डले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.