लमजुङ । पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ । सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो ।
सडकको ढलान भत्किएर अत्यन्तै जोखिम रहेकाले र वैकल्पिक सडक नभएकाले बन्द गरेर मर्मत गर्ने हुँदा उक्त समयसम्मका लागि यातायात पूर्णरुपमा थप्प हुने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले एक सूचना जारी गरेको छ । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले दानाक्यु नजिकै कल्भटको वरिपरि भत्किएको र बाटोमा ढुङ्गा निस्किएकाले मर्मत गर्न लागिएको बताए ।
सवारी साधन सञ्चालनमा धेरै समस्या हुन थालेपछि उक्त ठाउँमा सामान्य मर्मत हुने भए पनि वैकल्पिक सडक नहुँदा यस सडक नै बन्द गर्नुपर्ने भएको उनको भनाइ छ । नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले दानाक्युमा सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम धेरै रहेको जानकारी दिए । उनले विशेष गरी आफ्ना पालिकाका नागरिक र मनाङवासीलाई सो सडकका कारण धेरै दुःख भइरहे पनि समाधान हुन नसकेको बताए ।
उक्त स्थानमा रहेको काठेपुल २०७७ असारमा आएको बाढीले बगाएपछि पुनः पटकपटक काठेपुल राखे पनि जोखिम हुँदै आएपछि २०७८ फागुनदेखि चैत ५ गतेसम्म बेँसीसहर चामे सडक बन्द गरेर कल्भर्ट राखिएको थियो । यतिबेला उक्त कल्भर्ट राखिएको वरिपरि तथा ढलान गरिएको भागमा ढुङ्गा खसेर भत्किनुका साथै सडक जीर्ण भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।
मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो । नेपाली सेनाले २०६९ सालमा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाली बजारमा आइतबार सुनको मुल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि...
काठमाण्डौ । प्राविधिक ज्ञानको कमीका कारण दुर्घटना भएको छ । पोखरामा भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमीका कारण भएको विज्ञहरुले बताएका हुन । पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा...
ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र...
काठमाडौं । बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिकामा भएको उक्त दुर्घटनामा चालकको मृत्यु भएको हो । दुर्घटनामा परि गुल्मीको इस्मा गाउँपालिका–३ का ४७...