भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

इजरायल र हमासबीच युद्ध रोक्न इरायल तयार, तीस हजारभन्दा बढी मानिसको ज्यान गयो

इजरायल र हमासबीच युद्ध रोक्न इरायल तयार, तीस हजारभन्दा बढी मानिसको ज्यान गयो

एजेन्सी । ६ हप्ताका लागि जारी युद्ध रोक्न इजरायल तयार भएको छ । इजरायल र हमासबीच गाजामा जारी युद्ध रोक्ने सहमती भएको हो ।
प्रस्ताव अनुसार गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलाहरूलाई पनि रिहा गर्नु पर्ने छ। यस विषयमा हमासबाट भने कुनै प्रतिक्रिया आएको छैन।

इजरायल गाजामा युद्धविराम गर्न र बन्धक रिहाईको सम्झौता गर्न सहमत भएको बताइए पनि यसलाई औपचारिकता दिने कि नदिने भन्ने हमासको हातमा रहेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले देर अल–बालाह र जबलियामा तीनवटा घरहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको जनाएको छ।

आक्रमणमा १७ प्यालेस्टाइनी मारिएका छन् भने दर्जनौँ घाइते भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। अमेरिकी एक वरिष्ठ अधिकारीका अनुसार शनिबार भएको छलफलपछि इजरायल युद्धविराम गर्न तयार भएको हो। इजरायली सेनाले शनिबार रफाह सहरको एक अस्पताल नजिकैको शरणार्थी शिविरमा बमबारी गर्दा ११ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन्।

गाजामा इजरायल र हमासबीच झण्डै पाँच महिनादेखि द्वन्द्व चलिरहेको छ। अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि सुरु भएको युद्धमा तीस हजारभन्दा बढी मानिसको ज्यान गएको छ।

 


Thali Mobile Pvt.Ltd.