भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड

युएई । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको चुनौतीलाई सम्बोधन गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवम्बन गर्नुपर्नेमा जोड दिएका छन् । संयुक्त अरब इमिरेट्स ९इमिरेट्स० को दुबईमा जारी जालवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९कोप–२८० का क्रममा नेपाल पेभिलियनमा आज आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

मन्त्रालयको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको ‘विल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसन ः पिपुल नेचर एण्ड एक्सन’ विषयक कार्यक्रममा उनले भने, “ जलवायुको चुनौती सामना गर्न समुदायमा आधारित दृष्टिकोणमार्फत स्थानीय समुदायको सक्रिय सहभागितामा प्रकृति संरक्षण आवश्यक छ । यसमा आधारित समान दृष्टिकोणलाई सुदृढ पार्ने गरी तल्लो तहको निरन्तर प्रयास खुसीको विषय हो । जलवायुका कार्य सुदृढ गर्न र सबै सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न थप वित्तीय स्रोत ल्याउनुपर्छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा पपुलर जेन्टलले प्रकृतिमा आधारित समाधानका उपायका लागि स्थानीय तहलाई सबल बनाउने र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा दीपककुमार खरालले जलवायुमा आधारित समाधानका उपायका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराए ।

सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जलवायुको चुनौती समाधानका लागि नेपालले कानुन निमार्णका क्रममा प्रकृतिमा आधारित समाधानका उपायहरुलाई ध्यान दिनुपर्ने उल्लेख गरे । कार्यक्रममा कोषका सदस्यसचिव शरद्चन्द्र अधिकारीले कोषले प्रकृतिमा आधारित समाधानका उपायका लागि स्थानीय तह र समुदायलाई प्रोत्साहन गर्ने तथा सबल बनाउने काम गरिरहेको बताए । रासस

 


Thali Mobile Pvt.Ltd.