भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

संसद कम्युनिस्टले सञ्चालन गर्ने ब्यारेक जस्तो भयोः सांसद रमा कोइराला

संसद कम्युनिस्टले सञ्चालन गर्ने ब्यारेक जस्तो भयोः सांसद रमा कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले सत्तारुढ दलको भूमिकामाथि प्रश्न उठाएकी छन् ।सहकारीको रकम अपचलनको विषयमा गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले वेल घेराउ गरेर शान्तिपूर्ण रुपमा संसद अवरोध गर्दा देखिएको दृश्यले कम्युनिस्ट शासनको रिहर्सल गर्न खोजेको जस्तो देखिएको बताएकी हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले भनिन्, ‘शान्तिपूर्ण तरिकाले वेल घेराउ गरिरहँदा यस्तो दृश्य देखियो जुन दृश्यले दुनियाँ हासेको छ । यो संसद लोकतान्त्रिक मुलुकको संसद थियो कि एउटा कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने ब्यारेक थियो मैले बुझ्न सकिन ।’ सांसद कोइरालाले त्यो घटना कम्युनिस्टहरुको शासन चलाउने रिहर्सल त होइन भन्ने प्रश्न गर्दै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेकी छन् ।

गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपबारे छानबिन गर्न माग गर्दै कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले दिएको निवेदनमाथि कारबाही अगाडि बढाउन पनि उनले सभामुखलाई आग्रह गरिन् ।

 

 


Thali Mobile Pvt.Ltd.