काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले सत्तारुढ दलको भूमिकामाथि प्रश्न उठाएकी छन् ।सहकारीको रकम अपचलनको विषयमा गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले वेल घेराउ गरेर शान्तिपूर्ण रुपमा संसद अवरोध गर्दा देखिएको दृश्यले कम्युनिस्ट शासनको रिहर्सल गर्न खोजेको जस्तो देखिएको बताएकी हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले भनिन्, ‘शान्तिपूर्ण तरिकाले वेल घेराउ गरिरहँदा यस्तो दृश्य देखियो जुन दृश्यले दुनियाँ हासेको छ । यो संसद लोकतान्त्रिक मुलुकको संसद थियो कि एउटा कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने ब्यारेक थियो मैले बुझ्न सकिन ।’ सांसद कोइरालाले त्यो घटना कम्युनिस्टहरुको शासन चलाउने रिहर्सल त होइन भन्ने प्रश्न गर्दै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेकी छन् ।
गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपबारे छानबिन गर्न माग गर्दै कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले दिएको निवेदनमाथि कारबाही अगाडि बढाउन पनि उनले सभामुखलाई आग्रह गरिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत...
कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुईपटक मुख्यमन्त्री...
काठमाडौं । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश...
म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या...