भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ।

यसअघि बुधबार बस्ने तय भएको बैठक दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेक समसामियक राजनीतिक प्रस्तावबारे विवाद भएपछि छलफल गरेर सहमति जुटाउन बैठक सारिएको थियो।

महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि नै छलफल भएको थियो। महामन्त्री थापाको प्रतिवेदनमा १५ औं महाधिवेशन कार्यतालिका बनाएर जाने र चुनावअघि कसैसँग पनि गठबन्धन नगर्ने विषय समावेश छ। तर ती विषय अहिले नै निधो गरेर जान नहुनेमा सभापति देउवासहित उनी पक्षका अधिकांश केन्द्रीय सदस्यहरू उभिएका छन्।

अर्का महामन्त्री शर्माको प्रतिवेदनमा राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने गरी बहिर्गमन नीति बनाउनुपर्ने विषय समावेश छ।

 


Thali Mobile Pvt.Ltd.