भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

आठ दिनअघि मलेसियाको ढलमा खसेकी एक भारतीय महिला अझै बेपत्ता

आठ दिनअघि मलेसियाको ढलमा खसेकी एक भारतीय महिला अझै बेपत्ता

काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा आठ दिनअघि ढलमा खसेकी एकजना भारतीय महिला अझै भेटिएकी छैनन् । फुटपाथमा हिँडिरहेको बेला अचानक आठ मिटर गहिरो ढलमा खसेकी ४८ वर्षकी विजया लक्ष्मी गालीको खोजी आज आठौँ दिन पनि चलिरहेको तर अहिलेसम्म उनी नभेटिएको उद्धारकर्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

खोजी शुरु गरेको १७ घण्टापछि उद्धारकर्मीले हराएकी महिलाको जोडी चप्पल भेटाएका थिए । त्यसपछि कुनै प्रगति नभएको खबरमा उल्लेख छ । उद्धारको लागि एक सय १० जना रातदिन नभनी खटिएका छन् । उद्धारकर्मीले गोताखोरलाई ढलमा पठाउने तयारी गरेपनि खतरा रहेका का

काठमाडौं । मलेसियाको रण यो योजनालाई स्थगित गरेका छन् ।

दुई जना उद्धारकर्मीलाई ढलको भित्री भागबाट केही परसम्म पठाएकोमा लेदो र पानीका कारण समस्या भोगेपछि फिर्ता बोलाइएको छ । ढलभित्र मलमुत्रसँगै टायर, कपाल र खाना पकाउने तेलका प्लाष्टिक लगायतका फोहोरको ठूलो अवरोध रहेको उनीहरुले बताएका छन् । अग्नि तथा उद्धार विभागका महानिर्देशक नोर हिशम मोहम्मदले यसलाई उद्धार इतिहासकै चुनौतीपूर्ण घटना भन्दै चिन्ता व्यक्त गरेका छन् ।

फोहोरले भरिएको, अक्सिजन नभएको र निकै अँध्यारो ठाउँमा उद्धार गर्नु निकै चुनौतीपूर्ण काम मानिएको छ । आन्ध्र प्रदेशकी विजया लक्ष्मी परिवारका सदस्यसहित मलेसिया घुम्न गएकी थिइन् । महिलाका परिवार सुखद खबरको प्रतिक्षामा बसेका छन्, तर अवस्था सुखद नरहेको महानिर्देशक मोहम्मदको भनाइ छ । मलेसिया सरकारले महिलाका परिवारको भिसा अवधि थप गरेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.