भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आठ दिनअघि मलेसियाको ढलमा खसेकी एक भारतीय महिला अझै बेपत्ता

आठ दिनअघि मलेसियाको ढलमा खसेकी एक भारतीय महिला अझै बेपत्ता

काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा आठ दिनअघि ढलमा खसेकी एकजना भारतीय महिला अझै भेटिएकी छैनन् । फुटपाथमा हिँडिरहेको बेला अचानक आठ मिटर गहिरो ढलमा खसेकी ४८ वर्षकी विजया लक्ष्मी गालीको खोजी आज आठौँ दिन पनि चलिरहेको तर अहिलेसम्म उनी नभेटिएको उद्धारकर्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

खोजी शुरु गरेको १७ घण्टापछि उद्धारकर्मीले हराएकी महिलाको जोडी चप्पल भेटाएका थिए । त्यसपछि कुनै प्रगति नभएको खबरमा उल्लेख छ । उद्धारको लागि एक सय १० जना रातदिन नभनी खटिएका छन् । उद्धारकर्मीले गोताखोरलाई ढलमा पठाउने तयारी गरेपनि खतरा रहेका का

काठमाडौं । मलेसियाको रण यो योजनालाई स्थगित गरेका छन् ।

दुई जना उद्धारकर्मीलाई ढलको भित्री भागबाट केही परसम्म पठाएकोमा लेदो र पानीका कारण समस्या भोगेपछि फिर्ता बोलाइएको छ । ढलभित्र मलमुत्रसँगै टायर, कपाल र खाना पकाउने तेलका प्लाष्टिक लगायतका फोहोरको ठूलो अवरोध रहेको उनीहरुले बताएका छन् । अग्नि तथा उद्धार विभागका महानिर्देशक नोर हिशम मोहम्मदले यसलाई उद्धार इतिहासकै चुनौतीपूर्ण घटना भन्दै चिन्ता व्यक्त गरेका छन् ।

फोहोरले भरिएको, अक्सिजन नभएको र निकै अँध्यारो ठाउँमा उद्धार गर्नु निकै चुनौतीपूर्ण काम मानिएको छ । आन्ध्र प्रदेशकी विजया लक्ष्मी परिवारका सदस्यसहित मलेसिया घुम्न गएकी थिइन् । महिलाका परिवार सुखद खबरको प्रतिक्षामा बसेका छन्, तर अवस्था सुखद नरहेको महानिर्देशक मोहम्मदको भनाइ छ । मलेसिया सरकारले महिलाका परिवारको भिसा अवधि थप गरेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.