भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देउवा समूहले सर्वोच्चमा रिट दर्ता गर्‍यो

देउवा समूहले सर्वोच्चमा रिट दर्ता गर्‍यो

काठमाण्डौ, ४ माघ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा आज रिट दर्ता गरेको छ। सर्वोच्चले रिटको पेशी पर्सि माघ ६ गतेका लागि तोकेको छ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएको हो। खड्कालगायत नेताहरूले रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरे पनि सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएको छ।

देउवा समूहको हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले आह्वान गरेको विशेष महाधिवेशनले गएको पुस ३० गते नयाँ कार्यसमिति चयन गरिसकेको छ।

 


Thali Mobile Pvt.Ltd.