भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

ब्राजिलको कोप–३० सम्मेलन स्थलमा आगलागी: १३ घाइते, हजारौं सहभागी सुरक्षित स्थानमा सारिए

ब्राजिलको कोप–३० सम्मेलन स्थलमा आगलागी: १३ घाइते, हजारौं सहभागी सुरक्षित स्थानमा सारिए

एजेन्सी । ब्राजिलको बेलेमस्थित संयुक्त राष्ट्रसंघको कोप–३० जलवायु शिखर सम्मेलनको मुख्य स्थलमा भएको आगलागीमा १३ जना घाइते भएका छन् । स्थानीय समय अनुसार दिउँसो २ बजे मण्डपभित्र आगो लागेपछि सम्मेलनस्थलमा व्यापक हताशा र त्रास फैलिएको थियो ।

घटना हुँदा करिब १९० देशका ५० हजारभन्दा बढी कूटनीतिज्ञ, पत्रकार तथा जलवायु कार्यकर्ताहरू उपस्थित थिए । आगलागीपछिकाे बाक्लो धुवाँ धेरै किलोमिटर टाढासम्म देखिएको थियो, जसका कारण सहभागीहरू दौडधुप गर्दै बाहिर निस्किन बाध्य भएका थिए । दर्जनौं दमकल र एम्बुलेन्स घटनास्थलमा तत्काल परिचालन गरिएको थियो । संयुक्त राष्ट्रसंघ कोप–३० प्रेसिडेन्सीका अनुसार आगो करिब छ मिनेटमै नियन्त्रणमा ल्याइएको थियाे । आगलागीपछि सुरु भएको भारी वर्षाले छिटो खाली गर्न सहयोग पुगेको बताइएको छ ।

वार्षिक जलवायु परिवर्तन सम्मेलन कोप–३० नोभेम्बर १० देखि सञ्चालनमा रहेको छ र सम्मेलन आज अन्तिम दिनमा पुगेको छ । कार्यक्रममा सहभागी १९० भन्दा बढी देशका प्रतिनिधि हाल ब्राजिलमै छन् ।

 


Thali Mobile Pvt.Ltd.