भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

चक्रवातजस्ता प्रकोपको वृद्धि पनि बङ्गलादेशमा बालविवाहको एक प्रमुख कारण

चक्रवातजस्ता प्रकोपको वृद्धि पनि बङ्गलादेशमा बालविवाहको एक प्रमुख कारण

एजेन्सीँ । बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा भएको छ । अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधवार सार्वजनिक गरेको अध्ययनले
उक्त तथ्यांक सार्वजनिक गरेको हो । बङ्गलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र खाद्य सुरक्षा चुनौतीहरू लगायतका कारणले बालविवाह गर्न बाध्यता सृजना भएको आईआरसीले उल्लेख गरेको छ ।

अत्यधिक प्रकोप(प्रवण र जलवायु(संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको तथ्याङ्क देखिएको हो। आईआरसी बङ्गलादेशकी निर्देशक हसिना रहमानले भन्नुभएको छ, आज बङ्गलादेशमा विवाहयोग्य उमेर हुँदै गरेका आधा केटीहरूको १८ वर्ष नपुग्दै विवाह हुने गरेको पाइएको छ भने २२ प्रतिशत केटीहरूको १५ वर्षको उमेरअघि नै विवाह हुने गरेको पाइएको छ ।

खाद्य असुरक्षा र गरिबी, अनियमित वर्षाको ढाँचा, बढ्दो तापक्रम, बढ्दो आवृत्ति र प्रकोपहरूको तीव्रताको सामना गरिरहेका तटीय क्षेत्रहरूमा बस्ने केटीहरूका लागि यो अवस्था अझ बढी अस्थिर र दर्दनाक छ । अध्ययनले विगत दुई दशकमा बाढी र चक्रवातजस्ता प्रकोपमा भएको वृद्धि पनि बढ्दो बालविवाहको एक प्रमुख कारण मानेको छ ।

यस्ता विभिन्न किसिमका कारणहरू सृजित समस्याहरूलाई सम्बोधन गर्न आईआरसीले विकसित स्थितिको मूल्याङ्कन गरिरहेको र जलवायु परिवर्तन र जलवायु(प्रेरित प्रकोपहरूबाट बालबालिकालाई हुन सक्ने प्रत्यक्ष क्षतिबाट जोगाउन उपलब्ध स्रोतसमेत परिचालन गरिरहेको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.