भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

सर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

सर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

काठमाडौं । सर्लाहीको ब्रह्मपुरीमा आज पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ। ब्रह्मपुरी गाउँपालिका–२, निवासी सन्जय साहका छोरा ६ वर्षीय अंकित साहको पोखरीमा डुबेर मृत्यु भएको हो।

नुहाउन भनी घरबाट निस्किएका बालकको बिहान ९ बजेतिर घरनजिकै रहेको रामजानकी मन्दिरको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीमा डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थलको प्रकृति मुचुल्का गरी बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.