भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगिन् भारतीय राज्यमन्त्री

बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगिन् भारतीय राज्यमन्त्री

काठमाडौं । तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले भेट गरेकी छन्।

शुक्रवार भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाइतेहरूको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनामा परी घाइतेलाई भेट्न नेपाल आएकी राज्यमन्त्री खडसेसँग गृहमन्त्री लेखकले अस्पतालमै विरामीको अवस्था बुझ्ने क्रममा भेट गरेकी हुन्।

भेटमा उनले दुर्घटनालगत्तै नेपाली सेना र नेपाल प्रहरीले चाँडोभन्दा चाँडो उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताएका थियो भने राज्यमन्त्री खडसेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै नेपाल सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद दिएकी थिइन्।

विरामीको उपचार राम्रोसँग भइरहेको र केही घाइते बाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको गृहमन्त्री लेखकले बताए। उनले त्यही क्रममा राज्यमन्त्री खडसेसँग पनि भेट भएको र मृतकको शव भारत पठाउने विषयमा पनि छलफल गरिएको जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.