भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जापानमा पछिल्लो ६ महिनामा ३७ हजारभन्दा धेरै मानिस एक्लै मृत फेला

जापानमा पछिल्लो ६ महिनामा ३७ हजारभन्दा धेरै मानिस एक्लै मृत फेला

काठमाडौं । जापानमा पछिल्लो ६ महिनामा ३७ हजार जना भन्दा धेरै मानिस घरमा एक्लै मृत फेला परेका छन् । जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ६ महिनामा ३७ हजार दुई सय २७ जना आफ्नै घरमा एक्लै मृत फेला परेका हुन् । मृतकमध्ये ७० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथि उमेर समूहका छन् ।

झण्डै ४० प्रतिशतको शव एक दिन भित्रै भेटिएको थियो । तीन हजार तीन सय ९३ जनाको शव एक महिनापछि फेला परेको र एक सय ३० जनाको ज्यानगएकोमा एक वर्षपछि मात्रै थाहा भएको जापानको राष्ट्रिय पुलिस एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जापानमा बृद्धबृद्धाहरुको सङ्ख्यासँगै घरमा एक्लै बस्ने र एक्लै ज्यान जानेको दर बढिरहेको जापानी प्रहरीको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसङ्ख्या छ । बृद्धावस्थासँगै एक्लोपन गम्भीर समस्याका रुपमा देखा परेको छ ।

जापानी राष्ट्रिय जनसङ्ख्या संस्थानले देशमा सन् २०५० सम्ममा ६५ वर्ष या त्योभन्दा बढी उमेर समूहका नागरिकको सङ्ख्या एक करोड ८ लाख पुग्ने अनुमान् गरेको छ । सन् २०२० को तथ्याङ्कअनुसार जापानमा एक्लै बस्ने जनसङ्ख्या ३८ प्रतिशत रहेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.