भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

जापानमा पछिल्लो ६ महिनामा ३७ हजारभन्दा धेरै मानिस एक्लै मृत फेला

जापानमा पछिल्लो ६ महिनामा ३७ हजारभन्दा धेरै मानिस एक्लै मृत फेला

काठमाडौं । जापानमा पछिल्लो ६ महिनामा ३७ हजार जना भन्दा धेरै मानिस घरमा एक्लै मृत फेला परेका छन् । जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ६ महिनामा ३७ हजार दुई सय २७ जना आफ्नै घरमा एक्लै मृत फेला परेका हुन् । मृतकमध्ये ७० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथि उमेर समूहका छन् ।

झण्डै ४० प्रतिशतको शव एक दिन भित्रै भेटिएको थियो । तीन हजार तीन सय ९३ जनाको शव एक महिनापछि फेला परेको र एक सय ३० जनाको ज्यानगएकोमा एक वर्षपछि मात्रै थाहा भएको जापानको राष्ट्रिय पुलिस एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जापानमा बृद्धबृद्धाहरुको सङ्ख्यासँगै घरमा एक्लै बस्ने र एक्लै ज्यान जानेको दर बढिरहेको जापानी प्रहरीको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसङ्ख्या छ । बृद्धावस्थासँगै एक्लोपन गम्भीर समस्याका रुपमा देखा परेको छ ।

जापानी राष्ट्रिय जनसङ्ख्या संस्थानले देशमा सन् २०५० सम्ममा ६५ वर्ष या त्योभन्दा बढी उमेर समूहका नागरिकको सङ्ख्या एक करोड ८ लाख पुग्ने अनुमान् गरेको छ । सन् २०२० को तथ्याङ्कअनुसार जापानमा एक्लै बस्ने जनसङ्ख्या ३८ प्रतिशत रहेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.