भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

ओलीलाई बिच्काएर देउवालाई प्रधानमन्त्री बनाउने दाउमा काँग्रेस

ओलीलाई बिच्काएर देउवालाई प्रधानमन्त्री बनाउने दाउमा काँग्रेस

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने प्रवक्ता डा। प्रकाशशरण महतले बताए । बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल चलिरहेको छ।

बैठकमा बुधवार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका ११ प्रस्तावमाथि नेताहरुले आज पनि धारणा राख्नेछन् ।

बैठकमा धारणा राख्ने क्रममा मोहन बस्नेत महामन्त्रीद्वयले नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी इस्टेटको सम्बन्धमा दुई महामन्त्रीले सार्वजनिक रूपमा बोल्दा सत्ता गठबन्धनलाई अफ्ठ्यारो पारेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरु बोलेको इखका रुपमा लिएको भन्दै बस्नेतले गिरीबन्धु टी इस्टेटको कुरा उठाइराखे गठबन्धनलाई अप्ठ्यारो पर्ने र विकल्पका रुपमा ओलीपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा देख्न चाहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.