भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिए

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिए

एजेन्सी । बङ्गलादेशमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिएका छन् । बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा उनले सपथ लिएका हुन । अन्तरिम सरकारको प्रमुखमा नियुक्त हुदाँ उनी फ्रान्सको राजधानी पेरिसमा थिए ।

बिहीबार मात्र ढाका फर्किएर उनले सपथ ग्रहण गरेका हुन । युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने दुई जना विद्यार्थी नेता नासिद इस्लाम र आसिफ महमुद पनि हुन ।

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बङ्गलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी ८४ वर्षीय युनुसले पाएका छन् ।

अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.