भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने देउवाको भनाइ

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने देउवाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका शेरबहादुर देउवा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् । समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले सहमतिकै आधारमा संविधान संशोधन हुने बताएका हुन् ।

संविधान संशोधनका लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको भन्दै उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन रहेको बताए । कांग्रेस र एमालेको सहमति कुनै पार्टीविरुद्ध नभएको समेत उनले बताए । ओली र आफूले सोचविचार गरेर सहमति गरेको भन्दै देउवाले माओवादी, माधवकुमार नेपालको पार्टी लगायत सबै दलहरुलाई साथ लिएर अघि बढ्ने पनि जिकिर गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.