भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बालिकालाई विभिन्न प्रलोभन देखाई पटक–पटक करणी गरेको आरोपमा २७ वर्षीय वीरबहादुर विक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार विक खाम्लुङको दोभान बजारबाट पक्राउ परेका हुन् । पीडित बालिकाको पक्षबाट प्रहरीमा दिएको जाहेरीको आधारमा आरोपित विकलाई पक्राउ गरिएको पनि प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीअनुसार विकले पहिलो पटक गत वैशाख ५ गते, दोस्रो पटक वैशाख ८ तेस्रो पटक साउन २९ गते बालिकालाई जबरजस्ती करणी गरेका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.