भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गर्याे कांग्रेस उपसभापति गुरुङसँग रकम अपचलका विषयमा सोधपुछ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गर्याे कांग्रेस उपसभापति गुरुङसँग रकम अपचलका विषयमा सोधपुछ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ ।

लाजिमपाटस्थित सिआइबीको कार्यालयमा बुधबार मितेरी सहकारीको बचत रकम अपचलनका विषयमा उठेका प्रश्नका विषयमा सोधपुछ गरिएको ब्यूरो प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले राससलाई जानकारी दिए ।

बयान लिएपछि घटना विवरण कागजसमेत गराइएको सिआइबीले जनाएको छ । ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रु १२ करोड ५० लाख रकम अपचलन भएको निवेदन परेपछि सिआइबीले अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.