भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ह्वाइटहाउसमा ट्रम्प र बाइडेनबीच भेटवार्ता

ह्वाइटहाउसमा ट्रम्प र बाइडेनबीच भेटवार्ता

अमेरिका । राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो।भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको अमेरिकी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राजनीतिमा निर्वाचनपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रुपमा भेट गर्ने परम्परा रहदै आएको छ। यस भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुगेका थिए । जसमा उनले नियुक्त गरेकी चिफ अफ स्टाफ सिसे वाइल्स पनि रहेकी थिइन् ।

बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट पारे । ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः आउन पाउदा खुशी लागेको उल्लेख सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा अगाडी बढिरहेकोमा सन्तोष व्यक्त गरेका थिए ।

नोभेम्बर ५ को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेपछि ट्रम्पले ह्वाइटहाउसमा शानदार कम ब्याक गरेका छन् । अहिले उनले आफ्नो प्रशासनमा धमाधम नियुक्तिहरू गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.