भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

काभ्रेमा ‘एक घर, एक धारा’

काभ्रेमा ‘एक घर, एक धारा’

काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरै खानेपानी उपलब्ध गराइएको छ ।

‘एक घर, एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानी योजना सम्पन्न भएपछि वडा नं ३, ४ र ५ का परिवारका घरमै खानेपानी उपलब्ध गराएको हो ।

गाउँपालिकाको वडा नं ३ र ४ मा १ सय ७८ धारा निर्माण सम्पन्न भएका छन् भने वडा नं ५ मा एक सय ४५ घरमा धारा जडान गरी खानेपानी उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।

दुवै खानेपानी आयोजना नेपाल स्वास्थ्यका लागि पानीको संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो ।

 


Thali Mobile Pvt.Ltd.