भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

बैंकहरूमा सेयर कर्जाको माग

बैंकहरूमा सेयर कर्जाको माग

काठमाडौं । सेयर खरिदका लागि माग बढेको छ । यतिबेला सेयरधितो कर्जा माग गर्दै आवेदन दिनेको संख्या बढ्दै गएको बैंकर्सले बताएका छन् । पछिल्लो समय बैंकमा सेयर कर्जाबारे बुझ्न आउने र माग गर्नेको संख्या बढेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीले बताए । उनले भने, ‘सेयर कर्जाको माग बढ्ने गरेको छ ।

अहिले सेयर कर्जाको माग बढेको हो ।’ साउनमा वाणिज्य बैंकबाट करिब २ अर्ब सेयरधितो कर्जा गएको छ । एक महिनामा जम्मा २ अर्ब कर्जा बढ्नुलाई धेरै बढेको मान्न सकिँदैन । तर साउन कर्जा प्रवाह सुस्त हुने महिना नै मानिन्छ ।

जसले गर्दा सेयर कर्जा प्रवाह पनि पर्याप्त भइनसकेको केसीले बताए । लगानीयोग्य रकम पर्याप्त रहेको र पुँजीकोषमा सहजता मिलेकाले बैंकहरुलाई यतिबेला सेयर धितो कर्जा दिन असहज छैन । एकल अंककै ब्याजदरमा बैंकहरुले सेयर धितो कर्जा दिन थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.