भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बैंकहरूमा सेयर कर्जाको माग

बैंकहरूमा सेयर कर्जाको माग

काठमाडौं । सेयर खरिदका लागि माग बढेको छ । यतिबेला सेयरधितो कर्जा माग गर्दै आवेदन दिनेको संख्या बढ्दै गएको बैंकर्सले बताएका छन् । पछिल्लो समय बैंकमा सेयर कर्जाबारे बुझ्न आउने र माग गर्नेको संख्या बढेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीले बताए । उनले भने, ‘सेयर कर्जाको माग बढ्ने गरेको छ ।

अहिले सेयर कर्जाको माग बढेको हो ।’ साउनमा वाणिज्य बैंकबाट करिब २ अर्ब सेयरधितो कर्जा गएको छ । एक महिनामा जम्मा २ अर्ब कर्जा बढ्नुलाई धेरै बढेको मान्न सकिँदैन । तर साउन कर्जा प्रवाह सुस्त हुने महिना नै मानिन्छ ।

जसले गर्दा सेयर कर्जा प्रवाह पनि पर्याप्त भइनसकेको केसीले बताए । लगानीयोग्य रकम पर्याप्त रहेको र पुँजीकोषमा सहजता मिलेकाले बैंकहरुलाई यतिबेला सेयर धितो कर्जा दिन असहज छैन । एकल अंककै ब्याजदरमा बैंकहरुले सेयर धितो कर्जा दिन थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.