डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार प्रयास

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार प्रयास

डोल्पा, १५ कार्तिक । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको छ । फसेका पर्यटकमा दुई महिला र चार पुरुष रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले जारी गरेको जरुरी सूचनाअनुसार केही दिनदेखि लगातार भएको भारी हिमपातका कारण उनीहरू उक्त क्षेत्रमा फसेका हुन् ।शनिबार पर्यटकहरू हिमपातमा फसेको जानकारी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले उद्धारका लागि पहल थालेको जनाएको छ ।

आइतबार हेलिकप्टरमार्फत उनीहरूको उद्धार गर्ने प्रयास भइरहेको प्रशासनको सूचनामा उल्लेख छ । हिमपातमा फसेका भारतीय पर्यटकहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना बिस्वास र राजेश डे रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको उद्धार कार्य भइरहेको जानकारी दिइएको छ ।भारी हिमपातका कारण दुर्गम हिमाली क्षेत्रमा पर्यटकहरू फसेपछि उनीहरूको सुरक्षित उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.