भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

रुस र युक्रेनः हालसम्मकै ‘घातक’ ड्रोन आक्रमण

रुस र युक्रेनः हालसम्मकै ‘घातक’ ड्रोन आक्रमण

काठमाडौं । युद्ध सुरु भएयता हालसम्मकै ‘घातक’ ड्रोन हमला भएका छन् । रुस र युक्रेनले एकअर्काविरुद्ध ड्रोन हमला गरेका हुन् । युक्रेनले रुसका ६ स्थानमा प्रहार गरेका ड्रोन रोकेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । केही राजधानी मस्कोतर्फ प्रहार गरिएको थियो ।

मस्कोका प्रमुख तीन विमानस्थलमा उडान अवतरण प्रभावित भएको थियो । हवाईजहाजहरुलाई डाइभर्ट गर्नु परेको अधिकारीहरुले बताएका छन् । धेरैजसो ड्रोन रामेनस्कोय, कोलोम्ना र डोमोडेडोभोमा खसेका थिए । शहरमाथिको आकासमा आइपुगेका ३४ वटा ड्रोनलाई खसालिएको थियो ।

रुसले युक्रेनतर्फ १४५ ड्रोन प्रहार गरेको थियो । तीमध्ये धेरैजसोलाई निष्कृय पारेको युक्रेनले दाबी गरेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न एकअर्कालाई दबाब दिनसक्ने अनुमान भइरहेका बेला आइतबार रुस र युक्रेनले एकअर्काको भूमिमा ड्रोन हमला गरेका थिए ।

युक्रेनले गरेको हमला हालसम्मकै घातक भएको जनाएको छ । मस्कोका गभर्नरले पनि यी हमलालाई ‘निकै ठूलो’ भनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.