भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बाढी–पहिरोमा साढे १० अर्बको बीमा दाबी

बाढी–पहिरोमा साढे १० अर्बको बीमा दाबी

काठमाडौं । असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढी–पहिरोबाट भएको क्षतिमा साढे १० अर्ब रुपैयाँभन्दा बढीको बीमा मागदाबी गरिएको छ । २१ कात्तिकसम्म ३ हजार ४ सय ६० वटा दाबी संख्याबाट कुल १० अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबर मागदाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।

बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो । बाढी–पहिरोपछि १५ असोजमा मुख्यसचिव एकनारायण अर्यालले पत्रकार सम्मेलन गर्दै १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको बताएका थिए । डेढ महिना हुन लाग्दा पनि क्षतिको यकिन विवरण सरकारले सार्वजनिक गरेको छैन ।

सडक लगायत भौतिक संरचना साथै व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति पुगेको छ । बीमा प्राधिकरणले उपलब्ध गराएको बीमा मागदाबी तथ्यांकमा सम्पत्ति, इन्जिनियरिङ तथा ठेकेदार र मोटर बीमामा उच्च देखिन्छ । १० अर्ब ५३ करोड कुल मागदाबीमध्ये करिब १० अर्ब ४९ करोड रुपैयाँ यही तीन बीमालेखको छ ।

 


Thali Mobile Pvt.Ltd.