भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

बाढी–पहिरोमा साढे १० अर्बको बीमा दाबी

बाढी–पहिरोमा साढे १० अर्बको बीमा दाबी

काठमाडौं । असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढी–पहिरोबाट भएको क्षतिमा साढे १० अर्ब रुपैयाँभन्दा बढीको बीमा मागदाबी गरिएको छ । २१ कात्तिकसम्म ३ हजार ४ सय ६० वटा दाबी संख्याबाट कुल १० अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबर मागदाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।

बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो । बाढी–पहिरोपछि १५ असोजमा मुख्यसचिव एकनारायण अर्यालले पत्रकार सम्मेलन गर्दै १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको बताएका थिए । डेढ महिना हुन लाग्दा पनि क्षतिको यकिन विवरण सरकारले सार्वजनिक गरेको छैन ।

सडक लगायत भौतिक संरचना साथै व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति पुगेको छ । बीमा प्राधिकरणले उपलब्ध गराएको बीमा मागदाबी तथ्यांकमा सम्पत्ति, इन्जिनियरिङ तथा ठेकेदार र मोटर बीमामा उच्च देखिन्छ । १० अर्ब ५३ करोड कुल मागदाबीमध्ये करिब १० अर्ब ४९ करोड रुपैयाँ यही तीन बीमालेखको छ ।

 


Thali Mobile Pvt.Ltd.