भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अमेरिकी किशोरीहरुमा कम उमेरमै महिनावारी शुरु हुने क्रम बढ्दो,मोटोपना र वायु प्रदूषणलाई मुख्य कारण

अमेरिकी किशोरीहरुमा कम उमेरमै महिनावारी शुरु हुने क्रम बढ्दो,मोटोपना र वायु प्रदूषणलाई मुख्य कारण

काठमाडौं । अमेरिकामा गरिएको एउटा नयाँ अनुसन्धानले किशोरीहरूमा कम उमेरमै महिनावारी शुरु हुन थालेको देखाएको छ । एक शताब्दीअघिका अमेरिकी किशोरीहरूसँग तुलना गर्दा अहिलेका किशोरीहरूमा झन्डै ४ वर्ष चाँडै महिनावारी शुरु हुने गरेको देखिएको अनुसन्धान प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

प्रतिवेदनअनुसार सन् १९५० देखि १९६९ मा जन्मिएका किशोरीहरूमा औसततमा साढे १२ वर्षको उमेरमा महिनावारी शुरु हुने गरेकोमा सन् २००० को दशकमा जन्मिएका किशोरीहरूमा औसतमा ११ वर्ष १० महिनामै महिनावारी शुरु भएको पाइएको छ । पहिलो पटक महिनावारी भएपछि बालिकाहरूको स्तनको विकास हुने र किशोरावस्थामा देखिने परिवर्तन चाँडो देखा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

केही वर्षअघि दक्षिण कोरियामा गरिएको अनुसन्धानले पनि बालिकाहरू समयअघि नै किशोरावस्थामा पुग्ने गरेका देखाएको थियो । दक्षिण कोरियामा सन् २००८ को तुलनामा २०२० मा ८ वर्षको उमेरभन्दा अगाडि नै स्तनको विकास र महिनावारी शुरु हुने क्रम १६ गुनाले बढेको पाइएको थियो ।

चाँडै किशोरावस्था देखा परेका बालिकाहरूलाई स्तन र डिम्बाशयको क्यान्सरदेखि मोटोपना, मधुमेह र मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिमसँगै प्रजनन समय अविधि घटाउने जस्ता समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । वैज्ञानिकहरूले चाँडो महिनावारी शुरु हुनुमा मोटोपना र वायु प्रदूषणलाई मुख्य कारण मानेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.