भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकी किशोरीहरुमा कम उमेरमै महिनावारी शुरु हुने क्रम बढ्दो,मोटोपना र वायु प्रदूषणलाई मुख्य कारण

अमेरिकी किशोरीहरुमा कम उमेरमै महिनावारी शुरु हुने क्रम बढ्दो,मोटोपना र वायु प्रदूषणलाई मुख्य कारण

काठमाडौं । अमेरिकामा गरिएको एउटा नयाँ अनुसन्धानले किशोरीहरूमा कम उमेरमै महिनावारी शुरु हुन थालेको देखाएको छ । एक शताब्दीअघिका अमेरिकी किशोरीहरूसँग तुलना गर्दा अहिलेका किशोरीहरूमा झन्डै ४ वर्ष चाँडै महिनावारी शुरु हुने गरेको देखिएको अनुसन्धान प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

प्रतिवेदनअनुसार सन् १९५० देखि १९६९ मा जन्मिएका किशोरीहरूमा औसततमा साढे १२ वर्षको उमेरमा महिनावारी शुरु हुने गरेकोमा सन् २००० को दशकमा जन्मिएका किशोरीहरूमा औसतमा ११ वर्ष १० महिनामै महिनावारी शुरु भएको पाइएको छ । पहिलो पटक महिनावारी भएपछि बालिकाहरूको स्तनको विकास हुने र किशोरावस्थामा देखिने परिवर्तन चाँडो देखा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

केही वर्षअघि दक्षिण कोरियामा गरिएको अनुसन्धानले पनि बालिकाहरू समयअघि नै किशोरावस्थामा पुग्ने गरेका देखाएको थियो । दक्षिण कोरियामा सन् २००८ को तुलनामा २०२० मा ८ वर्षको उमेरभन्दा अगाडि नै स्तनको विकास र महिनावारी शुरु हुने क्रम १६ गुनाले बढेको पाइएको थियो ।

चाँडै किशोरावस्था देखा परेका बालिकाहरूलाई स्तन र डिम्बाशयको क्यान्सरदेखि मोटोपना, मधुमेह र मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिमसँगै प्रजनन समय अविधि घटाउने जस्ता समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । वैज्ञानिकहरूले चाँडो महिनावारी शुरु हुनुमा मोटोपना र वायु प्रदूषणलाई मुख्य कारण मानेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.