भर्खरै : Sorry, your browser does not support inline SVG.

धादिङको बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार दिउँसो साढे २ बजे धादिङको रोराङ गाउँपालिका १० स्थित पानीधारा भन्‍ने ठाउँमा ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । पहिरो पन्छाउन करिब १ घण्टा लाग्‍ने छ ।

 


Thali Mobile Pvt.Ltd.