भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कोशी नदीमा सङ्कटापन्न माछाको एक प्रजाति भेटियो

कोशी नदीमा सङ्कटापन्न माछाको एक प्रजाति भेटियो

काठमाडौं । कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ ।

अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले यो माछा नेपालमा भेटिएको पुष्टि गरे ।

कोशी नदीमा भेटिएको र आसपासका नदीमा पनि पाइन सक्ने अनुमान गरिएको माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि अनुसन्धानकर्ताको भनाइ छ । अनुसन्धानकर्ता मध्येका एक लिम्बूका अनुसार माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना सङ्कलन गरिएको थियो ।

नमूनामध्ये एउटा सङ्कटापन्न प्रजातिको माछा भेटिएको हो । महत्त्व थाहा नहुँदा दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेकोसमेत पाइएको छ । लोपउन्मुख माछा संरक्षणका लागि सबैले पहल गर्नुपर्नेमा अनुसन्धानकर्ताको जोड छ । रासस

 


Thali Mobile Pvt.Ltd.