भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

सबै प्रदेशमा आंशिकदेखि साधारणतया बदली

सबै प्रदेशमा आंशिकदेखि साधारणतया बदली

काठमाण्डौ । सबै प्रदेशमा आंशिकदेखि साधारणतया बदली भइ रहेको छ । बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कैलालीको मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने जोखिम भएकाले तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले पर्साको रङ्गापुर टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगञ्ज र आसपासका क्षेत्रमा रहेका दुधौरा, पसाहा पनि बाढीको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सचेत गराउँदै बिहान १० बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो ३ घण्टामा पर्साको रंगापुरको टांडी बजारमा सबैभन्दा धेरै ६० दशमलव २ र कञ्चनपुरको दोधारामा ५४ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाण्डौ उपत्यकासहित कैलाली, दैलेख, नुवाकोट, बारा, लमजुङ, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि पानी परिरहेको छ ।

दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

 


Thali Mobile Pvt.Ltd.