भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

युरोपमा गर्मीका कारण वर्षेनी पौने दुई लाख जनाले ज्यान गुमाउछन्

युरोपमा गर्मीका कारण वर्षेनी पौने दुई लाख जनाले ज्यान गुमाउछन्

काठमाडौं । युरोपका देशहरुमा गर्मीका कारण बर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको छ ।

डब्लुएचओको युरोपेली शाखाले एक प्रतिबेदन सार्वजनिक गर्दै सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा एक लाख ७६ हजार ४० जनाको ज्यान गएको जानकारी गराएको हो ।

डब्लुएचओकाअनुसार युरोपेली क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ । डब्लूएचओको युरोपेली क्षेत्रमा मध्य एसियाका केही देशहरूसहित ५३ देश छन् । डब्लुएचओकाअनुसार युरोपेली क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा पछिल्लो दुई दशकमा ३० प्रतिशतले वृद्धि भएको छ ।

अत्यधिक गर्मीले विशेष गरी वृद्धवृद्धा र गर्भवती महिला मारमा परेका डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । गर्मीका कारण मुटु, श्वासप्रश्वास, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउँछ ।

युरोपेली क्षेत्रमा सन् २००७ पछि १० बर्ष अत्यधिक तातो वर्षका रूपमा रेकर्ड भएका छन् । जसमा सन् २०२० यताका मात्रै तीन वटा वर्षछन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.