भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु

जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु

काठमाडौं । जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । सार्वजनिक विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो ।

मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन् । साथै मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ रहेका छन् । केन्याका नागरिक ४० वर्षीय जोसुआ चेरियट किरुईको समेत सोही दिन मृत्यु भएको विभागले जनाएको छ । सोही दिन कास्कीका विनोदबाबु बस्ताकोटीको समेत ज्यान गएको छ । २१ तारिखका दिन बेलायती नागरिक ४० वर्षीय ड्यानियम पौल हिलारी स्टेपबाट झरेको र सोही स्थानमा हराइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार तीन जना आरोही र सहयोगी भने हराइरहेका छन् । उनको साथमा रहेका सहयोगी पासतेन्जी शेर्पा समेत हराइरहेका छन् । केन्याली नागरिकको साथमा रहेका ङवाङ शेर्पा समेत चुचुरो नजिकबाट हराइरहेको विभागको विवरणमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.