भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

भक्तपुर नगरपालिकाले टोल टोलमा छिकोङ व्यायामलाई अगाडि बढाएको छः मेयर प्रजापति

भक्तपुर नगरपालिकाले टोल टोलमा छिकोङ व्यायामलाई अगाडि बढाएको छः मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले होली पर्वलाई नेपाली संस्कृति संरक्षणको दृष्टिले मनाउनु पर्ने र त्यसबाट हुने विभिन्न विकृतिहरुबारे सबै सचेत हुनु पर्ने बताउनु भयो ।

होली पूर्णीको अवसरमा भनपा ८ लाँतले छिकोङ महिला समूहद्वारा आयोजित महिला भेलालाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले सबै नगरबासीलाई स्वास्थ राख्न भक्तपुर नगरपालिकाले टोल टोलमा छिकोङ व्यायामलाई अगाडि बढाएको हो भन्नु भयो ।

उहाँले विद्यालय र कलेजहरुमा अहिले महिलाहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै भक्तपुरको सन्दर्भमा अहिले महिला र पुरुषबीच हरेक बिषयमा समानतातर्फ अगाडि बढीरहेको बताउनु भयो । उहाँले भन्नुभयो, नगरपालिकाद्वारा संचालित कलेजहरुमा अहिले छात्रहरुभन्दा छात्राहरुको संख्या धेरै छन् । यसले केही वर्ष पछि भक्तपुरमा हरेक क्षेत्रमा महिलाहरु अगाडि रहेको देखिने छ ।

यो हाम्रा अग्रजहरुको देन हो । हाम्रा अग्रजहरुले समाजलाई अगाडि बढाउन ठाउँ ठाउँमा शिक्षालयहरु नखोलको भए यो सम्भव हुने थिएन ।
पूजीवादी देशहरुमा महिलालाई बेच बिखनको वस्तु बनाइने, पशु सरह व्यवहार गरिने र समान ज्याला नदिने हुँदा पूजीवादी व्यवस्था जनताको हितमा नहुने उहाँले स्पष्ट पार्नु भयो ।

उहाँले दाइजोको कारण तराइका महिलाहरुले अकाल मृत्यु बरण गर्नु पर्ने, छोरी जन्मिने सम्भावना हुने वित्तिकै भ्रुण हत्या गर्ने, दाइजोको कारण परिवार मिलेर हत्या गर्ने जस्तो कुसंस्कारको अन्त्य नभएसम्म, शिक्षा र रोजगारीमा महिलाहरुको समान पहुँच नभएसम्म महिलाहरुले सम्मान पूर्वक बाँच्न नपाउने बताउनु भयो ।

नेपाल क्रान्तिकारी महिला संघ वडा नं ८का अध्यक्ष कमल केशरी त्वायनाको सभापतित्वमा भएको भेलामा नेपाल मजदुर किसान पार्टी ८ नं. वडा समितिका इन्चार्ज महेन्द्र खायमली, लाँतले महिला समूहका संयोजक सर्मिला थुसाले होलीलाई रचनात्मक रुपमा उपयोग गर्ने उद्देश्यले छिकोङ समूहले भेलाको आयोजना गरेको बताउनु भयो भने राज्यश्वरी प्रजापतिले सहभागीहरु सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा डा।अमर प्रजापतिले स्वास्थ्य सम्बन्धी जानकारी दिनु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.