भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

बकैया गाउँपालिकाले एसईईको झुठो विवरण सार्वजनिक गरेको खुलासा

बकैया गाउँपालिकाले एसईईको झुठो विवरण सार्वजनिक गरेको खुलासा

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकाले एसईई २०८० को नतिजा सम्बन्धी झुठो विवरण सार्वजनिक गरेको खुलासा भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तथ्यलाई लुकाएर भ्रामक जानकारी दिएको पाइएको हो ।

पालिकाले सार्वजनिक गरेको विवरणमा ४०४ विद्यार्थीले परीक्षा दिएको, ५२ जना उत्तीर्ण भएको र २ विद्यालय नील गएको उल्लेख गरिएको थियो। तर वास्तविक तथ्याङ्क अनुसार ४०३ विद्यार्थीले परीक्षा दिएको, ४६ जना मात्र उत्तीर्ण भएको र ४ विद्यालय नील गएको शिक्षा समन्वय इकाई हेटौंडाले जनाएको छ ।

गाउँपालिकाभित्रका ११ विद्यालयमध्ये ४ वटा विद्यालयमा सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् । यो तथ्यलाई लुकाएर पालिकाले २ विद्यालय मात्र नील गएको भनी झुटो जानकारी दिएको पाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.