भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धनको अग्रता

फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धनको अग्रता

काठमाडौं । फ्रान्सको संसदीय चुनावमा वामपन्थीहरूको न्यु पपुलर फ्रन्ट (एनएफपी) गठबन्धनले अग्रता लिएको छ । आधिकारिक मत परिणाममा एनएफपी गठबन्धनले अग्रता लिएको र यो गठबन्धन संसद्‍मा सबैभन्दा ठूलो शक्ति बन्ने देखिएको बीबीसीले जनाएको छ । यो गठबन्धन १ सय ८२ सिटसहित शीर्ष स्थानमा छ ।

यस्तै दोस्रो स्थानमा राष्ट्रपति इमयानुएल म्याक्रोँको मध्यमार्गी गठबन्धनले १ सय ६८ सिट जितेको छ । यसअघि पहिलो चरणको चुनावमा अग्रता लिएको अतिदक्षिणपन्थी न्याशनल र्‍याली (आरएन) भने १ सय ४३ सिटसहित तेस्रो स्थानमा छ ।

पहिलो चरणको चुनावमा आरएनको पक्षमा नतिजा आउने देखिएपछि धेरै ठाउँमा वामपन्थी र मध्यमार्गीहरूले अप्रत्यक्ष तालमेल गरेका खबरमा उल्लेख छ । यस्तै वामपन्थी उम्मेदवारहरूले कैयौँ ठाउँमा र मध्यमार्गी उम्मेदवारहरूले केही ठाउँमा मनोनयन फिर्ता लिएका थिए ।

यो चुनावमा कुनै पनि दलले बहुमत नपाउने अवस्था देखिएकाले मिलीजुली सरकार बन्ने निश्चित भएको छ । यसले राजनीतिक अनिश्चितता निम्तिने देखिएको बीबीसीले जनाएको छ । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.