भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा हेरेर बस्न सकिन्न : नेता बस्नेत (भिडियो सहित)

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा हेरेर बस्न सकिन्न : नेता बस्नेत (भिडियो सहित)

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा हेरेर नबस्ने नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आईतबार आयोजना गरेको जिल्ला स्तरीय विस्तारित भेलालाई सम्बोधन गर्दै बस्नेतले राष्ट्र र राष्ट्रिय गानमाथिको प्रहारलाई सहेर नबस्ने बताएका हुन ।

उनले आगमी मंसिर ७ गते माईतीघर मण्डलामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा भक्तपुरबाट हजारौं नेता, कार्यकर्ता तथा शुभचिन्तक सडकमा उतार्ने बताउदै मंसिर ७ को कार्यक्रम एमालेले कसैसँग जुधाउने उद्देश्यले आयोजना नगरेको जानकारी दिए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको असंख्य रिभ्यू गर्न पर्ने कुराहरु होलान् ।‘तर, संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्ने पक्षमा एमाले छैन । हाम्रो लामो बलिदानीबाट प्राप्त, ७० वर्षसम्म हाम्रा अघिल्ला पुस्ताको बलिदानीबाट प्राप्त यो व्यवस्था हो । गणतन्त्रलाई संस्थागत गर्नका लागि ७ गतेको हाम्रो कार्यक्रम हो,’– उनले भने ।

भिडियो हेर्नुहाेस् … 

संघीय लोकतान्त्रिक गणतन्त्र कांग्रेस र माओवादीको नक्कली आमाबाबु भएको बताउँदै बस्नेतले गणतन्त्र एमालेको सक्कली आमाबाबु भएको तर्क गरे । कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष कैलास ढुंगेल, केन्द्रीय सदस्यहरु निर्मल भट्टराई, देवी दुलाल लगायतको उपस्थिति थियो ।

त्यसैगरी कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका अध्यक्ष सूर्यलाल श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका अध्यक्ष रविन्द्र सापकाेटा, चाँगुनारायण नगरपालिकाका अध्यक्ष रामप्रसाद तिम्सिना लगायतले सम्बोधन गरेका थिए ।

मंसिर ७ गते सल्लाघारी चोकमा विहान १० बजे भेला भएर काठमाडौं तर्फ जाने तयारी भएको जिल्ला अध्यक्ष बचन देउजाको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.