भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

हुम्लामा आगलागीबाट दुई जना घाइते, पाँच वटा घरमा क्षति

हुम्लामा आगलागीबाट दुई जना घाइते, पाँच वटा घरमा क्षति

हुम्ला, ११ पुष । हुम्लाको सर्केगाड गाउँपालिका–२ स्थित रिप गाउँमा भएको आगलागीमा दुई जना घाइते भएका छन् भने पाँच वटा घरमा क्षति पुगेको छ।

स्थानीय विजय फडेराका अनुसार गएराति स्थानीय लैबा फडेरोको घरबाट अचानक आगलागी शुरू भएको थियो। आगलागीको चपेटामा परेर स्थानीय लैबा फडेरा र बम्बु फडेर घाइते भएका हुन्।

घाइते दुवै जनालाई तत्कालै एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट पुर्‍याइएको छ। आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ।

आगलागीको कारण र क्षतिको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.