भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

महानगरले किन लगायो काठमाडौंका चार अस्पतालको फोहोर संकलनमा रोक ?

महानगरले किन लगायो काठमाडौंका चार अस्पतालको फोहोर संकलनमा रोक ?

काठमाण्डौ । अर्को व्यवस्था नभएसम्मका लागि काठमाण्डौ महानगरपालिकाले चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने जनाएको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै रोक लगाएको हो । यसअघि पनि महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहर सङ्कलनमा रोक लगाएको थियो ।

महानगरले कलङ्की क्षेत्रमा शहीद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चाबहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको हो । फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरपालिकाले विगत दुई हप्तादेखि अस्पतालजन्य फोहरको नियमित अनुगमन र आवश्यक निर्देशन दिँदै आएको छ ।

फोहर सङ्कलनमा रोक लगाइएका अस्पतालहरूलाई सङ्क्रमित फोहर निःसङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहर व्यवस्थापनका लागि सहकार्य गरिएका सङ्घघसंस्थाहरूको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.