भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

रुस र युक्रेनबीचको युद्ध तेश्रो वर्षमा प्रवेश, विदेशी सहायताको पर्खाइमा युक्रेन

रुस र युक्रेनबीचको युद्ध तेश्रो वर्षमा प्रवेश, विदेशी सहायताको पर्खाइमा युक्रेन

एजेन्सी । रुस र युक्रेनबीचको युद्धमा युक्रेनका ३१ हजार सैनिकको मृत्यु भएको छ । रुस र युक्रेन युद्ध ३ वर्षमा प्रवेश गर्दा आफ्ना ३१ हजार सैनिक मारिएका युक्रेनले दाबी युक्रेनले गरेको हो ।

युक्रेनका विभिन्न क्षेत्र कब्जा गर्ने क्रममा हजारौं सर्वसाधारणको मृत्यु भएको र उनीहरुको वास्तविक संख्या यकिन नभएको जनाइएको छ ।
युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले युद्धमा मारिने आफना सैनिकहरुको विवरण सार्वजनिक गरेका हुन । उनले घाइतेको संख्या भने खुलाएका छैनन् ।

युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले युक्रेनका लागि पश्चिमा राष्ट्रहरुको सहयोगमा ढिलाइ भएको प्रतिक्रिया दिए लगत्तै जेलेन्स्कीले युद्धमा मारिएका आफना सैनिकहरुको विवरण सार्वजनि गरेका हुन । विदेशी सहयोगमा भइरहेको ढिलाइका कारण युक्रेनलाई युद्धको सामना गर्न कठिन भएको भन्दै रक्षामन्त्री उमरोभले हरेक क्षेत्रमा अभाव झेलिरहेको युक्रेनले जसो तसो युद्धको सामना गरिरहेको प्रतिक्रिया दिएका छन् । रुस र युक्रेनबीचको युद्ध अहिले तेश्रो वर्षमा प्रवेश गरेको छ ।

रुसले युद्धमा युक्रेनका ३ लाख सैनिक मारिएको बताएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसको विवरण झुठो सावित गर्दै ३१ हजार सैनिक मारिएको दाबी गरेका हुन ।

यसअघि अमेरिकाले गत अगष्ट सम्ममा ७० हजार युक्रेनी सेना र १ लाख ८० हजार रुसी सेना मारिएको र दशौं हजार घाइते भएको दाबी गरेको थियो । यसैगरी बेलायतको रक्षा मन्त्रालयले युद्धका क्रममा हालसम्म ३ लाख ५० हजार रुसी सैनिक मारिएको अनुमान गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.