एजेन्सी । गाजाको दक्षिणी सहर रफाहमा इजरायलले आक्रमण सुरु गरेपछि संयुक्त राज्य अमेरिका शसंकित भएको छ । नागरिक सुरक्षा योजना बिना हमला गर्दा ठूलो विपद आइपर्ने भन्दै संयमित हुन आग्रह गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा सैन्य कारबाही थाल्न निर्देशन दिएपछि अमेरिकाले कडा चेतावनीस्वरुप प्रतिक्रिया पनि दिएको छ । शरणार्थी शिविरमा गरिने सैन्य कारबाहीले निर्दोष नागरिकको हताहति हुने भन्दै सर्वसाधारणको सुरक्षा योजना मुख्य भएको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली सेनाले गरेको कारबाहीमा १३० जनाको मृत्यु भएको छ भने १७० जना घाइते भएका छन् ।
