भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रहरीको जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदमा जागिर खुल्यो

प्रहरीको जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदमा जागिर खुल्यो

काठमाडौँ । नेपाल प्रहरीले नयाँ भर्ना खुल्ला गरेको छ । प्रहरी जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदहरूमा प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रन्ध्र सय भन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ।

खेलाडीतर्फ एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.