भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

गाजामा भीषण आक्रमण विहानै ९३ जनाको मृत्य

गाजामा भीषण आक्रमण विहानै ९३ जनाको मृत्य

काठमाडौं । इजरायलले उत्तरी गाजाको बेट लाहिया शहरमा गरेको हवाई हमलामा ९३ जना मृत्यु भएको छ । पाँच तल्ले आवासीय भवनलाई लक्षित गरी गरिएको आक्रमणलाई अमेरिकाले समेत भयानक आक्रमण भनेको छ ।

पाँच तले आवासीय भवनमा आक्रमण भएको र सामाजिक संजालमा पोष्ट भएका भिडियोहरुमा शवहरु भुइँमा कम्बलले ढाकिएको अवस्थामा राखिएको सामाजिक उद्धारकर्ताहरूले बताएका छन् ।

इजरायली सेनाले बेट लाहिया क्षेत्रमा सर्वसाधारणलाई पुगेको क्षतिका बारेमा विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ ।

इजरायली रक्षा सेनाले विगत दुई सातादेखि उत्तरी गाजामा विशेष गरी जबालिया, बेट लाहिया र बेट हानौन क्षेत्रमा कारवाही गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.