भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

गठ्ठाघर दुर्घटनामा ट्राफिकको गल्ती नदेखिएको छानविन समितिको निष्कर्ष

गठ्ठाघर दुर्घटनामा ट्राफिकको गल्ती नदेखिएको छानविन समितिको निष्कर्ष

काठमाडौं । भक्तपुरको गठ्ठाघर दुर्घटनाको छानबिन गर्न बनेको छानबिन समितिले दुर्घटना हुनुमा ट्राफिक प्रहरीहरूको गल्ती नदेखिएको निष्कर्ष निकालेको छ। साउन ३१ गते दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा ३९ प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।

ट्राफिक प्रहरीले लुकेर सवारी चेकिङ गर्दा उक्त घटना घटेको भन्दै प्रदर्शनकारी र प्रहरीबीच झडप नै भएको थियो। त्यसपछि उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा साउन ३२ गते छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो। समितिले गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती नदेखिएको निष्कर्ष निकालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्व राज खड्काले जानकारी दिए।

उक्त दुर्घटनापछि सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि साउन ३२ गते छानबिन समिति गठन गरेको थियो। ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ।

 


Thali Mobile Pvt.Ltd.