भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देउडा संस्कृतिको संरक्षणमा योगदानका लागि गायक विनोद कुमार विश्वकर्मा सम्मानित

देउडा संस्कृतिको संरक्षणमा योगदानका लागि गायक विनोद कुमार विश्वकर्मा सम्मानित

काठमाडौँ, १ बैशाख । देउडा समाजले देउडा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै गायक विनोद कुमार विश्वकर्मालाई सम्मान गरेको छ।

देउडा जागरण तथा लोकसंस्कृतिको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका विश्वकर्मालाई बिसु पर्वको अवसर पारेर उक्त सम्मान प्रदान गरिएको समाजले जनाएको छ।

समाजका अनुसार सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोकनृत्य र लोकसंस्कृतिको संरक्षणमा निरन्तर सक्रिय रहँदै देउडा संस्कृतिलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा प्रदान गरिएको प्रशंसा–पत्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशको लोकगीत तथा लोकसंस्कृति हाम्रो साझा सम्पत्ति भएको उल्लेख गर्दै यसलाई जोगाउन गरिएको प्रयास उच्च मूल्याङ्कनयोग्य रहेको जनाइएको छ। उक्त प्रशंसा–पत्र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले प्रदान गर्नुभएको थियो।

देउडा समाजका अध्यक्ष नन्दकृष्ण जोशीका अनुसार समाजले देउडा संस्कृतिमा योगदान पुर्‍याएका अन्य कलाकारहरूलाई पनि सो अवसरमा सम्मान गरेको छ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट सहित देउडा संस्कृतिप्रेमी सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

 


Thali Mobile Pvt.Ltd.