भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

देउडा संस्कृतिको संरक्षणमा योगदानका लागि गायक विनोद कुमार विश्वकर्मा सम्मानित

देउडा संस्कृतिको संरक्षणमा योगदानका लागि गायक विनोद कुमार विश्वकर्मा सम्मानित

काठमाडौँ, १ बैशाख । देउडा समाजले देउडा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै गायक विनोद कुमार विश्वकर्मालाई सम्मान गरेको छ।

देउडा जागरण तथा लोकसंस्कृतिको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका विश्वकर्मालाई बिसु पर्वको अवसर पारेर उक्त सम्मान प्रदान गरिएको समाजले जनाएको छ।

समाजका अनुसार सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोकनृत्य र लोकसंस्कृतिको संरक्षणमा निरन्तर सक्रिय रहँदै देउडा संस्कृतिलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा प्रदान गरिएको प्रशंसा–पत्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशको लोकगीत तथा लोकसंस्कृति हाम्रो साझा सम्पत्ति भएको उल्लेख गर्दै यसलाई जोगाउन गरिएको प्रयास उच्च मूल्याङ्कनयोग्य रहेको जनाइएको छ। उक्त प्रशंसा–पत्र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले प्रदान गर्नुभएको थियो।

देउडा समाजका अध्यक्ष नन्दकृष्ण जोशीका अनुसार समाजले देउडा संस्कृतिमा योगदान पुर्‍याएका अन्य कलाकारहरूलाई पनि सो अवसरमा सम्मान गरेको छ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट सहित देउडा संस्कृतिप्रेमी सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

 


Thali Mobile Pvt.Ltd.