भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एआई–निर्मित ट्रम्पको येशुजस्तै तस्बिर विवादमा

एआई–निर्मित ट्रम्पको येशुजस्तै तस्बिर विवादमा

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई येशु ख्रिष्ट (जिसस) सँग तुलना गरिएको जस्तो देखिने विवादास्पद एआई–निर्मित तस्बिर सामाजिक सञ्जाल ट्रुथ सोसलबाट हटाएका छन्।

उक्त तस्बिरमा ट्रम्पले अस्पतालको शय्यामा रहेका एक बिरामीलाई निको पारिरहेको जस्तो देखाइएको थियो, जसलाई धार्मिक रूपमा येशुले बिरामी निको पारेको दृश्यसँग तुलना गरिएको थियो।

तस्बिर सार्वजनिक भएपछि अमेरिकी राजनीतिक वृत्त र धार्मिक समुदायबाट कडा आलोचना भएपछि पोस्ट हटाइएको हो। तस्बिरमा ट्रम्पले सेतो वस्त्र लगाएको र उनको हातबाट निस्किएको प्रकाशले बिरामीलाई छोएको देखिन्थ्यो। पृष्ठभूमिमा स्ट्याच्यु अफ लिबर्टी, अमेरिकी झण्डा, लडाकु विमान, गरुड, नर्स तथा प्रार्थना गरिरहेकी महिला समेत देखाइएको थियो।

ट्रम्पले भने आफूलाई डाक्टरको रूपमा प्रस्तुत गर्न खोजिएको दाबी गर्दै आलोचनालाई अस्वीकार गरेका छन्। उनले “मैले मानिसहरूलाई राम्रो बनाउने डाक्टरको रूपमा तस्बिर राखेको थिएँ” भन्दै प्रतिक्रिया दिएका छन्।

तर धार्मिक अभियन्ता तथा विश्लेषकहरूले यसलाई धर्मको अवमूल्यन भएको भन्दै कडा विरोध जनाएका थिए। यसअघि पनि ट्रम्पको सामाजिक सञ्जाल खाताबाट यस्तै विवादास्पद सामग्री पोस्ट भएको घटना सार्वजनिक भएको थियो।

 


Thali Mobile Pvt.Ltd.