भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

एआई–निर्मित ट्रम्पको येशुजस्तै तस्बिर विवादमा

एआई–निर्मित ट्रम्पको येशुजस्तै तस्बिर विवादमा

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई येशु ख्रिष्ट (जिसस) सँग तुलना गरिएको जस्तो देखिने विवादास्पद एआई–निर्मित तस्बिर सामाजिक सञ्जाल ट्रुथ सोसलबाट हटाएका छन्।

उक्त तस्बिरमा ट्रम्पले अस्पतालको शय्यामा रहेका एक बिरामीलाई निको पारिरहेको जस्तो देखाइएको थियो, जसलाई धार्मिक रूपमा येशुले बिरामी निको पारेको दृश्यसँग तुलना गरिएको थियो।

तस्बिर सार्वजनिक भएपछि अमेरिकी राजनीतिक वृत्त र धार्मिक समुदायबाट कडा आलोचना भएपछि पोस्ट हटाइएको हो। तस्बिरमा ट्रम्पले सेतो वस्त्र लगाएको र उनको हातबाट निस्किएको प्रकाशले बिरामीलाई छोएको देखिन्थ्यो। पृष्ठभूमिमा स्ट्याच्यु अफ लिबर्टी, अमेरिकी झण्डा, लडाकु विमान, गरुड, नर्स तथा प्रार्थना गरिरहेकी महिला समेत देखाइएको थियो।

ट्रम्पले भने आफूलाई डाक्टरको रूपमा प्रस्तुत गर्न खोजिएको दाबी गर्दै आलोचनालाई अस्वीकार गरेका छन्। उनले “मैले मानिसहरूलाई राम्रो बनाउने डाक्टरको रूपमा तस्बिर राखेको थिएँ” भन्दै प्रतिक्रिया दिएका छन्।

तर धार्मिक अभियन्ता तथा विश्लेषकहरूले यसलाई धर्मको अवमूल्यन भएको भन्दै कडा विरोध जनाएका थिए। यसअघि पनि ट्रम्पको सामाजिक सञ्जाल खाताबाट यस्तै विवादास्पद सामग्री पोस्ट भएको घटना सार्वजनिक भएको थियो।

 


Thali Mobile Pvt.Ltd.